२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै


351
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । मंगलबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

हिजो बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो । बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ । प्रतिवेदन फागुन ८ गते बिहीबार केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने जनाइएकाृे छ ।

बैठकमा नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरणलगायतका समसामयिक प्रस्ताव पारित गरेको थियो ।