
काठमाडौं । तनहुँको दमौलीमा आजबाट बहुजातीय सांस्कृतिक महोत्सव सुरु भएको छ ।
भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यले व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा दमौलीमा तीनदिने महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले आफ्नो संस्कृति र संस्कार गुमाए स्वयम् व्यक्ति र देशको पहिचान नै गुम्ने हुँदा संरक्षणको दायित्व सबैको भएको बताउनुभयो । नगरपालिकाले संरक्षणकालागि चालेको कदमले पुराना भाषा, संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान दिन मद्धत पुग्ने उल्लेख गर्नुभयो ।
महोत्सवमा नगरपालिकाभित्रका करिब १९ समुदायको मौलिकता झल्कने गरी संस्कृतिको प्रस्तुति भइरहेको आयोजकको भनाइ छ । महोत्सव फागुन ९ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्