
संखुवासभा । संखुवासभामा तीन सातापछि उडान भएको छ ।
तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि आज बुद्ध एयरको जहाजले उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो ।
विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं–तुम्लिङटार उडान भएको हो ।
तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्