
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा आजबाट सशस्त्र प्रहरीले हेल्पडेस्क स्थापना गरेको छ ।
पाथीभरा मन्दिर पूजाका लागि आउने तीर्थयात्रीको मध्यनजर गर्दै फुङ्लिङ नगरपालिका १० स्थित बलुडाँडामा हेल्प डेस्कको स्थापना गरिएको प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्म ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महर्जनका अनुसार दर्शनार्थीलाई धेरै उचाइका कारण लेक लाग्ने लगायतका समस्या निम्तिने हुदाँ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस काफ्लेपाटीबाट ५ जनाको टोलीलाई हेल्प डेस्कमा सहजिकरणका लागि खटाइएको हो ।
सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर बेघाको कमाण्डमा तालिम प्राप्त ५ जना मेडिकल टोली परिचालन गरिएको महर्जनले बताउनुभयो । आवश्यकता अनुसार आगामी दिनमा पनि हेल्पडेस्क सञ्चालन गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्