२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाकिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ३० आंतककारीको मृत्यु


1.014k
Shares

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाकर्मीको कारवाहीमा ३० आंतककारीको मृत्यु भएको छ ।

उत्तर वजिरिस्तान जिल्लामा गरिएको सर्च कारवाहीमा ३० आतंककारी मारिएको स्थानीय प्रहरीले जनाएको छ ।

इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआर ले जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा अपरेशन गरेको थियो ।

आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्ककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको पनि बताएको छ । यसैबीच पाकिस्तान सरकारले सुरक्षाबलको सफलताको प्रशंसा गरेको छ ।