
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभएको छ ।
बिहीबार नेपाली कांग्रेस पार्टीनिकट नेपाल वित्तिय संस्थाको आठौं राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन अध्यादेशले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएतापनि प्रक्रियाकै कारण अहिलेसम्म संसदबाट स्वीकृत गर्न नसकिएको बताउनुभयो । उहाँले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण सरकार चाँडै नै संसदबाट स्वीकृत गर्ने जिकिर गर्नुभयो ।
गृहमन्त्री लेखकले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताउनुभयो । उहाँले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने बताउनुभयो । उहाँ संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमति समेत भइसकेको बताउनुभयो । सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने उहाँको भनाइ छ ।
गृहमन्त्री लेखकले सरकारको स्थायित्व कायम गर्दै मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि वर्तमान समिकरण र सरकार बनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्