२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


247
Shares

काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

यसअघि मंगलवार र बुधवार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको थियो भने आज उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने बताइएको छ ।