२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


इजरायलमा तीन वटा बसमा विस्फोट


3.588k
Shares

एजेन्सी । इजरायलमा गएराति तीन वटा बसमा ठुलो विस्फोट गराइएको छ । तेलअभिभ शहरको दक्षिणमा रहेको बाट याममा तीनवटा बसमा विस्फोट भएको अन्तराष्ट्रिय संचारमाधयमले जनाएका छन् । विस्फोटबाट भएको क्षतिबारे अहिलेसम्म कुनै विवरण आएको छैन ।

यसैगरि अन्य दुई बसमा विस्फोट गराउने उद्देश्यले राखिएका विस्फोटक पदार्थ प्रहरीले निष्क्रिय पारेका छन् । घटनापछि विस्फोट गराउन विस्फोटक पदार्थ जडान गरिएको हुनसक्नै भन्दै अनुसन्धान गर्न स्थानीय सरकारले देशका सबै बस र रेलहरूको आवागमनमा रोक लगाएको छ ।

यसैबिच इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई वेस्ट बैंकका शरणार्थी शिविरहरूमा गतिविधि बढाउन आदेश दिनुभएको छ ।

घटनालगतै इजरायल रक्षा बलले विज्ञप्ति जारी गर्दै आईडीएफले इजरायल प्रहरी र शिन ब्याट सुरक्षा एजेन्सीसँग मिलेर बाट याममा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

यता प्रधानमंत्री बेंन्जामिन नेतन्याहूले आपतकालीन सुरक्षा बैठक बोलाउने बताइएको छ । हमास इज्रायलको युद्धविराम सम्झौता अनुसार बन्धकको आदान–प्रदान गरिरहेको समयमा यो घटना भएको हो ।