
एजेन्सी । प्यालेस्टिनी विद्रोही समुह हमासले इजरायललाई बुझाएको ४ जनाको शवमध्ये एक जना महिलाको शव मेल नखाएको पुष्टी भएको छ ।
इजरायली डिफेन्स फोर्स आइडिएफले हमासले चारजनाको शव हस्तान्तरण गर्ने क्रममा नामसमेत घोषणा गरिएकोमा त्यसमध्ये बिबास समुहका ३२ वर्षीया शिरीको शव नभएको पुष्टी गरेको हो ।
हमासले शव बुझाएलगत्तै गरिएको फरेन्सिक जाँचका क्रममा शिरी बिबासको शव नभएको यद्दपी उनका दुई सन्तान र ८४ वर्षीय एक पुरुषको शव भने पहिचान भएको छ ।
हमासले इजरायलको दावीमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । शिरीको शव भनि कफिनमा नाम उल्लेख गरिएतापनि फरेन्सिक जाँचमा मेल नखाएको हो । तर कफिनमा रहेकामध्ये एकजनाको शव कस्को हो भन्ने खुलेको
छैन । तर हमासले बन्धक बनाएकामध्ये एक हुने अनुमान इजरायली सेनाको छ ।
यसैबीच इजरायलले हमास आतंकवादी संगठनद्वारा गरिएको यो लापरवाहीले बन्धकका परिवारजनमा नराम्रो असर परेको भन्दै हमासले युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाएको छ । हमासले भने शिरी, एरियल र केफिर बिबासको बम आक्रमणमा मारिएको पुष्टी गर्दै उनीहरुको शव हस्तान्तरण गर्ने घोषणासहित मृतक बन्धकहरुको नामाबली इजरायललाई उपलब्ध गराएको थियो ।
हमासको कब्जामा परेका बिबास परिवारका चारै जनामध्ये ९ महिने बालक र ४ वर्र्षीया बालिकासहित उनीहरुका आमा शिरी र बुबा यार्डेन रहेपनि यार्डेनलाई भने गत महिना हमासले रिहा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्