२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बौल्दै मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गर्नुभएको हो ।

विपद् व्यवस्थापनको क्षेत्रमा मन्त्रालयले उल्लेख्य प्रगति गरेको भएपनि मूल्याङ्कन नगरिएको मन्त्री दाहालको गुनासो छ । उहाँले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै आएको कारण मन्त्रालयको नाम नै प्रगतिको आधारमा ७.९ राखिएको भएपनि आफूहरु निराश नभएको बताउनुभयो । उहाँले बुटवल–नारायणगढ र मुग्लिङ–पोखरा सडकखण्ड निर्माणमा उल्लेख प्रगति भएको दाबी गर्नुभयो ।

मन्त्री दाहालले कुनैपनि सांसद एवं मन्त्रीको प्रगति विवरणको मार्कसिट वितरण नगर्न समेत अनुरोध गर्नुभयो ।