९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


मातृभूमि पार्टीले मातृभूमि जागरण कार्यक्रम घोषणा गर्‍यो


0
Shares

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले आफ्नो प्रथम स्थापना दिवसको दिन पारेर मातृभूमि जागरण तथा झाडु कुचो कार्यक्रम घोषणा गरेको छ ।

यही फागुन १० गते देखि २५ गतेसम्म राजधानी लगायत देशको विभिन्न जिल्लामा पुगी झाडु कुचो कार्यक्रम गर्ने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मार्फत दिइएको हो ।

देशमा मौलाएको भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध स्वरुप झाडु कुचो कार्यक्रम गरी भ्रष्टाचारीहरुलाई खबरदारी गर्ने सो पार्टीको भनाइ छ । पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष रामशरण पाण्डेले देशमा मौलाउँदै गएको हुँदा भ्रष्टाचारविरुद्ध लाग् अनुरोध गर्नुभयो ।

सो पार्टीले फागुन २१ गते राष्ट्रिय उद्योगहरु सञ्चालनका लागि दबाब दिनुका साथै प्रधानमन्त्रीलाई गोरखकाली रबर उद्योगको स्थलगत प्रतिवेदन हस्तान्तरण गर्ने पनि जनाएको छ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले देशमा ठगी बढ्नुमा स्वम सरकार नै दोषी रहेको आरोप लगाएका थिए ।