२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वराजालाई निर्मल निवासबाट डोर्‍याएर नारायणहिटीमा प्रवेश गराउने लिङ्देनको उद्घोष


8.216k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी पुर्‍याउने उद्घोष गर्नुभएको छ ।

राप्रपाले आज पोखरामा गरेको विरोध सभामा बोल्दै लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको सन्दर्भमा गरेको आह्वानलाई नेपाली जनताले साथ दिनुपर्ने बताउनुभयो । उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको दुई दशकको अभ्यासले यो तरिकाले देश चल्न सक्दैन भन्ने प्रमाणित गरिसकेको छ बताउनुभयो ।

राजनीतिक दलहरुले बेलैमा बिचार नपुर्‍याए राप्रपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने र राजालाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटीमा प्रवेश गराउने चेतावनी दिनुभयो ।

राजाको चाहना पनि पछाडि फर्किने होइन भन्दै लिङ्देनले राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्नुपर्छ भन्नुभयो ।