
काठमाडौं । आकर्षक तलब सुविधाको प्रलोभन दिएर म्यानमार पुर्याइएका पाँच जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उनीहरुको उद्धार गरेको हो ।
नेपालबाट म्यानमार पुर्याइएकाहरुलाई अनलाइन स्क्यामिङको काममा लगाइएको पनि दूतावासले जनाएको छ । उद्धार गरिएकाहरुमा चार पुरुष र एक महिला रहेका छन् ।
थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएर नेपाल फर्काएको हो ।
बैंककस्थित नेपाली दूतावासले कसै देखाएको प्रलोभनमा परी कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीमा नजान पनि नेपालीहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्