१० चैत्र २०८१, आइतबार | Sun Mar 23 2025


रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ : शेखर कोईराला


5.447k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै नेता कोईरालाले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताउनुभयो । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताउनुभयो ।

मानव अधिकारका कुरा नबुझ्नेहरु कांग्रेसी नहुने नेता कोईरालाको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पु¥याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौति देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताउनुभयो । उहाँले सुरक्षा चुनौति भए किन चितवन लगेको रु भन्दै प्रश्न गर्नुभयो ।

नेता कोईरालाले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गर्नुभयो ।

नेता कोईरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति जनाउनुभयो । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता÷कार्यकर्तालाई दबाब दिनुभयो । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेता कोईरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताउनुभयो ।