
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको अरोप लगाउनुभएको छ ।
ललतिपुरमा शुक्रबारबाट जारी केन्द्रिय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उपाध्यक्ष खतिवडाले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष खतिवडाले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताउनुभयो । उहाँले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रिय कमिटीमा एकमत रहेको बताउनुभयो ।
उपाध्यक्ष खतिवडाले निकै जटिल मोडबाट गुज्रिरहेको समसामयिक राजनीति चुनौतिको सामना गर्नसक्ने पार्टी एकीकृत समाजवादी नै भएको दाबी गर्नुभयो । आफ्नो पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरुको पङ्ति रहेकाले राजनीतिमा देखिएको शुन्यतालाई चिर्नसक्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्