१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङको पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेध आदेश जारी


91
Shares

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विरोधमा शनिबार प्रहरीसँग झडप भएपछि
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

स्थिति नियन्त्रणमा लिन फुङ्लिङ बजारमा आइतबार बिहान ५ बजेदेखि अनिश्चित कालका लागि प्रशासनले निषेध आदेश जारी गरेको हो ।

फुङलिङ बजारमा शनिबार भएको झडपमा प्रहरी र आन्दोलनकारी सहित १२ जना घाइते भएका छन् । नो केबलकार समुहले निकालेको राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा दोहोरो झडप भएको हो ।

नो केबलकार समूहका आन्दोलनकारीहरुले ताप्लेजुंङको काफ्लेपाटीमा प्रदर्शन गर्दै फुङलिङ बजारमा ¥यालीको आयोजना गरी राँके जुलुस निकालेका थिए ।

यसअघि गत बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाइते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरी सहित २४ घाइते भएका थिए । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत एक महिनादेखि क्षेत्र तनावग्रस्त बनेको छ ।