२५ फाल्गुन २०८१, आइतबार | Mon Mar 10 2025


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै


286
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ ।

जसअन्तर्गत दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएका भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६, विद्युतीय व्यापार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराइ टेबुल गर्नुहुनेछ ।

यस्तै २०८०, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।