
काठमाडौं । अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र म्यानमार भिड्दैछन् ।
लिग चरणको यो अन्तिम खेल बेलुकी साँढे ५ बजे दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । दुवै टोली प्रतियोगिताको फाइनलमा पुगिसकेकाले आजको खेल फाइनलका लागि अभ्यास हुनेछ । लिग चरणको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराएको थियो भने दोस्रो खेलमा लेबनानमाथि समान १–० कै जित निकालेको थियो ।
उता म्यानमारले पनि पहिलो खेलमा लेबनानलाई ३–१ ले हराउँदा दोस्रो खेलमा किर्गीस्तानमाथि ५–० को जित निकालेको थियो ।
प्रतियोगितामा निकै बलियो प्रदर्शन गरिरहेको म्यानमारविरुद्ध आजको खेल नेपाली महिला टोलीका लागि वास्तविक परिक्षा हुनेछ । आजै हुने पहिलो खेलमा किर्गस्तान र लेबनान भिड्नेछन् । दुवै टोली सान्तोना जितको खोजीमा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्