२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पूर्व राजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न मनोनित सांसद बामदेवको सुझाव


2.366k
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यमाथि विभिन्न दलका सांसदहरुले पनि चासो देखाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको वैठमा बोल्ने सांसदहरुले पूर्व राजाको अभिव्यक्तिको आ–आफ्नै ढंगले व्याख्या गर्ने कोशिश गरे ।

राष्ट्रिय सभाको वैठकमा मनोनित सांसद बामदेव गौतमले पुनः राजा बन्ने चाहना त्यागेर चुनावी प्रतिष्पर्धामा आउन सुझाव दिनुभयो । पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित नहुने भन्दै उहाँले पूर्व राजालाई आफ्नै नेतृत्वमा पार्टी खोलेर २०८४ को निर्वाचनमा भाग लिन उचित हुन्छ भन्नुभयो । चुनाव जितेर प्रधानमन्त्री बन्न र देशको चौतर्फी विकास र समृद्धि गरेर देखाइदिन उहाँको सुझाव थियो ।

गौतमले राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्य भएको आक्षेप पनि लगाउनुभयो । प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसकी समानुपातिक सांसद ईश्वरीदेवी न्यौपाने र एमालेका समानुपातिक सांसद ईश्वरबहादुर रिजालले पनि पूर्व राजालाई निर्वाचनमा सहभागी हुन र जितेर देखाउन सुझाव दिए ।