१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


यस वर्ष ढोरपाटनमा पहिलो पटक हिमपात


0
Shares

काठमाडौं । लामो समयको खडेरीपछि यस वर्ष बागलुङको ढोरपाटनमा पहिलो पटक हिमपात भएको छ । आइतबार साँझदेखि वर्षासँगै परेको हिमपातका कारण त्यसक्षेत्रमा चिसो बढेको छ ।

हिमपातले ढोरपाटन उपत्यकालगायतका स्थान सेताम्य भएको ढोरपाटन शिकार आरक्षका रेन्जर विनोद विकले बताउनुभयो ।

हिमपातका कारण त्यसक्षेत्रको जनजीवन कष्टकर भएको छ । घोडा खच्चड, वस्तुभाउलाई घाँस र दाना दिन पनि गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका स्थानीय बताउँछन् । तर वर्षासहितको हिमपातले भने बालीनाली राम्रो हुने उनीहरुको भनाइ छ ।