
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुनेछन् । एन्फा मैदान सातदोबाटोमा बिहान साँढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ ।
आजै दिउँसो ३ बजे हुने दोस्रो खेलमा आयोजक केपी ओली एफ.सी र न्यूरोड टिम (एनआरटी) भिड्नेछन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा विदेशीसहित ९ टोली सहभागी छन् ।
आइतबार भएको उद्घाटन खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफ.सी.लाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एपिएफले अब सेमिफाइनल प्रवेश गर्न ए डिभिजन क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्