१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण


208
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रधानले चोरी पैठारी गरि ल्याइएको समानहरु लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौंको राजश्व गुमाउनु परेको बताउनुभयो ।

सांसद प्रधानले देशभरका भन्सार कार्यालयमा बरामद सामानको समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।