
काठमाडौं । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरुले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् ।
काठमाडौंमा नेपाल विद्यार्थी संघले आयोजना गरेको वृहत भेटघाट तथा पुनर्मिलन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रिय सदस्य रञ्जित कर्णले हालसम्म भएका विभिन्न राजनीतिक आन्दोनलहरु नेपाली कांग्रेसकै नेतृत्वमा सफल भएको दाबी गर्नुभयो । उहाँले अबको युग आर्थिक समृद्धि र विकासको भएकाले यसको नेतृत्व कांग्रेसले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । उहाँले नयाँ पार्टीहरुले जनतामा भ्रम सिर्जना गर्ने गरेको आरोप समेत लगाउनुभयो ।
फागुन ९ र १० गते भक्तपुरमा सम्पन्न भेटघाट तथा पुनर्मिलन कार्यक्रमले पार्टी सुदृढीकरणका लागि नगरकोट घोषणापत्र समेत जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्