
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक टोली केपी ओली एफसीले जारी केपी ओली कप फुटबल प्रतियोगितामा सोमवार सेमिफाइनलमा स्थान बनाएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा आर्मीले विभागीय डर्बीमा नेपाल पुलिस क्लब र आयोजकले ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । दिनको पहिलो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २–० ले हरायो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश योन्जनले गोल गरे । दोस्रो खेलमा भने एनआरटी आयोजकलाई १–० ले नतिजा सुम्पिन बाध्य भयो । सुरज ज्यु ठकुरीको गोल नै आयोजकलाई सेमिफाइनलमा पुग्न पर्याप्त बन्यो ।
पहिलो खेलमा आर्मीले दुवै हाफमा समान एक गोल गरेका हुन् । आर्मीले सुरुदेखि नै पुलिसमाथि दबाब बनाएको थियो । खेलको १५औं मिनेटमा आर्मीले अवसर सिर्जना ग¥यो ।
कप्तान जिलेस्पीजंग कार्कीको पेनाल्टी बक्सबाट गरेको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले सफल हुन दिएनन् । तर, १९औं मिनेटमा आर्मीले अवसर खेर फालेन । जिलेस्पीजंगकै उत्कृष्ट क्रसलाई नवयुगले वान टचमार्पmत गोल गरेका हुन् । त्यसपछि केही अवसर सिर्जना भए पनि पहिलो हाफमा थप गोल भएन । दोस्रो हाफमा भने आर्मीले गोल ग¥यो । तर लामो समयसम्म पर्खनुप¥यो ।
८१ औं मिनेटमा दिनेशको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । काउन्टर प्रयासमा आर्मीले यो गोल गरेको हो । जिलेस्पीजंगले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार गोलकिपर शत्रुधनले डाइभ गर्दै रोक्ने प्रयास गरे । तर, सोही बल रिबाउन्ड हुँदा नवयुगको कटब्याकलाई सदुपयोग गर्दै दिनेशले वान टचमार्पmत गोल गरेका हुन् ।
त्यसपछि गोल हुन सकेन र आर्मीले सहज जित निकाल्यो । दोस्रो खेलमा भने ‘ए’ डिभिजन क्लब एनआरटी पहिलो खेलबाटै बाहिरिए । केपी ओली एफसीका सुरजको गोल निर्णायक हुँदा एनआरटी बाहिरिन पुग्यो ।
खेलको पहिलो हाफमा भने बराबरी नै भयो । दोस्रो हाफमा भने आयोजकले गोल गर्दै अग्रता लियो । ६४औं मिनेटमा डिबक्स बाहिरबाट सुरजले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको हो ।
नवीन लामाको फ्रिकिक एनआरटीका खेलाडीले क्लियर गरेर पेनाल्टी बक्स बाहिर पु¥याएका थिए । सोही बल नियन्त्रणमा लिँदै सुरजले गरेको एक्रोबेटिक सट एनआरटीका गोलकिपर विशाल सुनारले पत्तै पाउन सकेनन् । यसपछि बाँकी समयमा एनआरटीले गोल फर्काउन सकेन र आयोजक केपी ओली एफसीले सेमिफाइनलमा स्थान बनायो ।
अब आयोजकले फाइनल प्रवेशका लागि मच्छिन्द्र एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ । मंगलबार भएको दोस्रो खेलमा दिउँसो ३ बजे मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेड प्रतिस्पर्धा गर्नेछ । त्यसअघि पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले प्रतिष्पर्धा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्