२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु


637
Shares

काठमाडौं । बागलुङको बडिगाडमा सोमबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् ।

बडिगाड गाउँपालिका– ७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङका खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिकाका जुना कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते हुनेहरुमा बडिगाड–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल रहेका छन् । घाइते एकजनाको भने परिचय खुल्न बाँकी छ । घाइतेमध्ये तेजकुमारी बुढाको अवस्था गम्भीर रहेको जनाइएको छ ।