२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

युक्रेन-रुस युद्धमा अमेरिकाबाट रुसको समर्थन


11.063k
Shares

एजेन्सी । रुस र युक्रेनबिच युद्ध शुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ ।

संयुक्त राष्ट्र संघले युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेपछि प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देश मतदानमा सहभागी भएनन् । अमेरिकाले भने विपक्षमा मतदान गरेको हो ।

अमेरिकासँगै इजरायल, हंगेरी र रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे । प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली राष्ट्रहरु सम्मिलित रहेका छन् ।

यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो । संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग नलिएको हो । अमेरिकाले युद्धमा रुसको खुलेर समर्थन गरेको प्रति युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन ।