६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते


1.222k
Shares

काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

काठमाडौँबाट ओखलढुङ्गाका लागि जाँदै गरेको अरनिको यातायातको बस मंगलबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसका चालक र सह–चालकसहित १८ जना यात्रु घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा २४ जना यात्रु रहेका बताइएको छ ।