९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण


325
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा सोशी चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभोको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले ११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना वास्तविक किसान हुनुपर्नेमा त्यस्तो नभएको बताउनुभयो । उहाँले फलफूल तथा तरकारीको मूल्य समेत बजार व्यवस्थापनले नभई व्यापारीले तोक्ने गरेको बताउनुभयो । उहाँले मन्द विषादीको शिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार रु भन्दै प्रश्न समेत गर्नुभयो ।

सांसद चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारको व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।