
काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति बिष वमन गर्ने कोशिस गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेको समेत आरोप लगाउनुभयो । उहाँले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिर समेत गर्नुभयो ।
सांसद गैरेले शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको बताउनुभयो । उहाँले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्