१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


पशुपतिमा बढ्यो भक्तजनहरुको चहलपहल (तस्बिरहरु)


260
Shares

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ ।

बुधबारका दिन महाशिवरात्री परेको छ ।

मंगलबारबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरु, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ । शिवरात्रीको लागि भारत लगायतका छिमेकी देशहरुबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् ।

हरेक वर्ष शिवरात्रीको अवसरमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । आज रातिदेखि नै पशुपति क्षेत्र परिसर लगायत शिवालयहरुमा भक्तजनहरु दीप प्रज्वलन गरी व्रत बस्ने गर्दछन् ।