
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले लिने वैदेशिक सहायता लिने विषयमा धेरै अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले वैदेशिक सहायता लिने विषयमा गम्भीर भएर निर्णय लिन आवश्यक रहेको बताउनुभएको हो ।
विश्व राजनीतिमा आएको फेरबदलले नेपालको राजनीतिमा धेरै थोरै असर गरे पनि वैदेशिक सहायता ऋण अनुदानमा असर गरेको थिएन । तर अहिले अमेरिकी सरकारले गरेको निर्णयले गम्भीर हुन र समिक्षा गर्न बाध्य बनाएको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले नेपाल सरकारले कस्तो विषयमा ऋण सहायता लिने कस्तोमा नलिने भनेर अध्यान गरेर मात्र निर्णय लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपालले वैदेशिक परनिर्भरता कम गर्न आफ्नै बजेट अनुसारको काम मात्र गर्नुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले अमेरिकी सरकारले युएसएआइडि खारेज गर्ने र एमसिसि कार्यक्रम स्थगन गर्ने निर्णयले पारेको असरबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्