२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


२०८२ सालमै पार्टीको अधिवेशन गर्नुपर्छ : सांसद कोईराला


1.443k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले २०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा जोड दिनुभएको छ ।

मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. कोईरालाले चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो हुने बताउनुभयो । उहाँले पार्टीलाई अफ्ठ्यारोमा पर्नबाट बचाउन २०८२ भित्रै निर्वाचन गराउनु उचित हुने बताउनुभयो । २०८२ मा निर्वाचन गर्न नसके निर्वाचनपछि अधिवेशन गर्न उचित हुने बताउनुभयो ।

सांसद कोईरालाले निर्वाचनको मुखमा अधिवेशन गर्दा कसैलाई फाइदा नहुने बताउनुभयो ।