१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देश बन्दैन : प्रेम सुवाल


1.014k
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सुवालले बताउनुभएको हो । उहाँले देशको प्रतिक चिन्हमा भिक्षा देउ भनेर राख्न मात्र बाँकी रहेको बताउनुभयो ।

सांसद सुवालले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।