६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पूर्वराजाले बोल्नुभएको विषयले डराउनु पर्दैन : सांसद खनाल


2.665k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पूर्वराजाले बोल्नुभएको विषयले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद खनालले देशभित्र लोकतान्त्रिक विधि र संस्थाहरु संस्थागत हुँदै गएको, अभ्यासहरु परिपक्व हुँदै गएको अवस्थामा डराउनुपर्ने अवस्था नहुने बताउनुभयो ।

सांसद खनालले सरकारले जनपेक्षाअनुसारका काम गर्न नसकेको बताउनुभयो । जनचाहनाअनुसारका काम नहुँदा जनतामा निराश उत्पन्न भइरहेको भन्दै जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको बताउनुभयो ।