१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ : सांसद पाण्डे


1.352k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पाण्डेले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूचि बनाएर कम गर्नुपर्नै बताउनुभयो ।

सांसद पाण्डेले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताउनुभयो । नेपाल ग्रे लिस्टमा परेको जिममा तीन प्रमुख नेताहरुले नै लिनुपर्ने बताउनुभयो ।