१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


महाशिवरात्रि पर्वका अवसरमा सभामुख घिमिरेबाट शुभकामना व्यक्त


65
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो । महाशिवरात्रि पर्वमा हिन्दूहरुले भगवान् शिवको पूजाआरधना गरी मनाउने गर्दछन् ।

“नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको धनी राष्ट्र हो, यहाँ रहेका मठमन्दिर, पर्व–उत्सव र परम्पराले नेपाली सभ्यतालाई विशिष्टता प्रदान गरेका छन्, महाशिवरात्रि पनि हाम्रो संस्कृति र परम्परासँग अभिन्न रूपमा गाँसिएको पर्व हो ।” सभामुख घिमिरेले शुभकामना सन्देशमा उल्लेख गर्नुभयो ।