
काठमाडौं । धादिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गल्छि गाउँपालिका–३ मा बुधबार बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रयाक्टर चालक गजुरीका दिनेश चेपाङ, सिरिश चेपाङ र सुरेस चेपाङ घाइते भएका छन् । घाइते भएका ५ जनामध्ये दुईजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्