
एजेन्सी । प्यालेस्टेनी भुमी गाजामा चिसो मौसम र पर्याप्त आश्रयस्थल नहुँदा विगत दुई सातामा ६ शिशुको मृत्यु भएको छ । गाजाको उत्तरी क्षेत्रमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्टमा भर्ना गरिएका ९ जना नवजात शिशुमध्ये ५ शिशुकोे मृत्यु भएको हो ।
यसैगरी गाजाको दक्षिणी शहर खान युनिस नजिक दुई महिनाकी बालिकाको चिसोका कारण मृत्यु भएको हो । इजरायल र हमास युद्धका कारण घरबार गुमाएका परिवारहरु खुला आकाशमुनि बस्न बाध्य भएका कारण चिसो मौसममा ज्येष्ठनागरिक र बालबालिकाको जीवन कष्टकर बनेको छ ।
गाजाका अस्पताल प्रशासनले पाल र अस्थायी आश्रयस्थलमा बसोबास गर्ने ९ लाख ४५ हजार विस्थापित प्यालेस्टिनीहरूका लागि इन्धनको र खानेपानीको अभाव भएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेको छ ।
इजरायल र हमास बीचको १६ महिनाको युद्धमा गाजाको २१ लाख जनसंख्यामध्ये धेरैजसो विस्थापित भएका छन् र यस क्षेत्रका लगभग ७० प्रतिशत भवनहरू नष्ट र क्षतिग्रस्त हुँदा लाखौ मानिस पालको भरमा जीवन गुजारा गर्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्