१४ फाल्गुन २०८१, बुधबार | Wed Feb 26 2025


नेपाली सेनाले आज सेना दिवस मनाउँदै


143
Shares

काठमाडौं । आज सेना दिवस । नेपाली सेनाले आज २ सय ६२ औं सेना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ ।

यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भइरहेको छ । नेपाली सेनाले हरेक बर्ष महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।

सेना दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजी लगायत कार्यक्रम पनि भइरहेको छ ।