२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


बज्रयानी हिमाली बौद्ध परम्परा अनुसार यमन्तकको पूजा


416
Shares

काठमाडौं । महाशिवारत्रीको अवसरमा बज्रयानी हिमाली बौद्ध परम्परा अनुसार यमन्तकको पूजा गरिएको छ ।

बौद्ध देवता यमन्तकलाई भगवान शिवको समानान्तर रुपमा पुज्ने गरिन्छ ।

बुधबार काठमाडौंको बौद्धस्थित द्रुपचेन यमन्तक सेचेन गुम्बामा तान्त्रिक रुपमा बौद्ध लामाहरुले पूजा गरेको हो । शिव जस्तै मृत्युको विजेता र संहारकर्ताको रुपमा यमन्तक पुज्ने गरिन्छ । मृत्यु र पुनर्जन्मको चक्रलाई जित्ने यमन्तकलाई बोधिसत्व मञ्जुश्रीको क्रोधित रुप, अज्ञानता जित्ने र करुणा मार्फत ज्ञान प्राप्त गर्ने क्रोध देवताको रुपमा समेत लिइन्छ ।

सो अवसरमा हिमाली बौद्ध परम्परा अनुसार विभिन्न तान्त्रिक अनुस्थान र नृत्यहरु समेत गरिएको थियो ।