१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


राजेन्द्र महतोको पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने


884
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताउनुभएको हो ।

अध्यक्ष महतोले संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उहाँको भनाइ छ ।

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको बताउनुभयो । उहाँले विश्व राजनीतिमा भइरहेको परिवर्तनले नेपालमा पनि बहुआयामिक दबाब सिर्जना गरेको दाबी गर्नुभयो ।