१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


दुई सिफ्ट अपरेशन गर्ने वीर अस्पतालको तयारी


546
Shares

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ ।

एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिनुभयो । निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताउनुभयो ।

ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएको उहाँको भनाइ छ । अस्पतालको सफाइका लागि पनि ठोस काम शुरु भएको गौतमको दाबी छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीरमा नतिजा देखिने गरी सुधार गर्न निर्देशन दिएको र सोही अनुसार सुधार अघि बढाइरहेको डा. गौतमले जिकिर गर्नुभयो ।