१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बौद्ध परम्परा अनुसार महाकाली पूजा सम्पन्न


65
Shares

काठमाडौं । हिमाली बौद्ध परम्परा अनुसार तीन दिने महाकाली पूजा सम्पन्न भएको छ ।

स्वयम्भू, किमडोलस्थित भूटानी गुम्बा भनेर चिनिएको बुद्धधर्म महाविहार साङ्गे छ्योलिङ गुम्बामा सो पूजा सम्पन्न भएको हो ।

हरेक वर्ष आयोजना हुदै आएको यो पूजा वर्षभरिको बाधा, अड्चन, ग्रहदशा शान्तिको लागि गर्ने गरिन्छ । महाकालीको मूर्तिमा तान्त्रिक रुपमा पूजा गर्दा उपासक उपासिकाहरुले नङ, कपाल, कपडा र गेडागुडी लगायत घरायसी सामानहरु चढाउने चलन रहेको छ ।

सो अवसरमा महाकाली पूजा लगायत थुन्सुम, दुन्सुर, सीस्ये, सागो र नाक्गो जस्ता ग्रहदशा मन्छिन तान्त्रिक पूजा गरिएको थियो ।