१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प


21.281k
Shares

काठाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत बलियो धक्का दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हालसम्म भूकम्पबाट कुनै मानवीय र ठूलो क्षति भएको विवरण नआएको जनाएको छ । भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको छ । मानवीय बस्ती नभएको ठाउँमा सुक्खा पहिरो गएकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

भूकम्प गएपछि जिल्ला कारागार सिन्धुपाल्चोकबाट हामफालेर भाग्ने क्रममा एक कैदी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।