१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ग्याल्पो ल्होसार पर्वको अवसरमा राष्ट्रपतिबाट शुभकामना व्यक्त


299
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ ।

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।