१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुस र युक्रेनबिच छिट्टै शान्ति सम्झौता हुने अमेरिकी राष्ट्रपतिको विश्वास


1.144k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न छिट्टै शान्ति सम्झौता हुने आश्वासन दिनुभएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका बेलायती प्रधानमनत्री किर स्टार्मरसँग ह्वाइटहाउसमा भेटवार्ता गर्दै ट्रम्पले युक्रेन युद्धविरामबारे छिट्टै सहमति हुने र त्यो एकदमै नयाँ हुने प्रतिक्रिया दिनुभएको हो ।

साथै ट्रम्पले बेलायतसँग व्यापार सम्झौताको तयारी भइरहेको पनि बताउनुभयो । यो व्यापार सम्झौतामा आयात कर वा अतिरिक्त शुल्क नहुने ट्रम्पको भनाइ छ । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफु सम्मान गर्ने र युक्रेनी सेनाको समेत प्रशंसा गर्नुपर्ने बताउनुभयो ।

चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको ट्रम्पको धारणा थियो । यसैबीच ट्रम्पले बेलायतको राजकीय भ्रमणका लागि राजा चाल्र्सको निमन्त्रणा स्वीकार गरेको बताइएको छ ।