
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन आजबाट शुरु हुँदैछ । शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित भक्तपुरको सल्लाघारीमा महाधिवेशन हुनेछ ।
महाधिवेशनको उद्घाटन दिउँसो १ बजे सल्लाघारीमा हुने बताइएको छ । आजबाट शुरु हुने बन्दसत्रले विभिन्न एजेण्डाहरु पारित गर्दै नयाँ नेतृत्व चयन गर्नेछ ।
फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आइसकेका छन् ।
नारायणमान बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्