१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केपी ओली कप फुटबलको सेमिफाइनल खेल आजबाट


273
Shares

काठमाडौं । राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट हुनेछन् ।

पहिलो खेलमा आज संकटा क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

यसअघिका खेलहरु एन्फा मैदान सातदोबाटोमा भएपनि सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा खेलाउन लागिएको हो । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि आयोजकको टोली केपी ओली एफ.सी र साविक विजेता मच्छिन्द्र फुटबल क्लब भिड्नेछन् ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार हात पार्नेछ ।