
कपिलवस्तु । दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगितामा आज थ्री स्टार क्लब र हनामी विएफसी चितवनबिच प्रतिस्पर्धा हुँदैछ ।
यसअघि हिजो भएको रोमाञ्चक खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लवलाई ३–० को फरकमा टाई ब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
यो खेलसँगै मछिन्द्र क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेका कारण खेल टाई ब्रेकरमा पुगेको थियो । टाई ब्रेकरमा मछिन्द्रका असीम गुरुङ, पूजन श्रेष्ठ र कप्तान सौरभ सुब्बाले गोल गर्दै टिमलाई सेमिफाइनलमा पु¥याएका थिए ।
गोलरक्षक सन्तोष महतले हिमालयन शेर्पाका तीनै पेनाल्टीको बचाउ गर्दै मछिन्द्रको जीत सुनिश्चित गरेको थियो । मछिन्द्रको जितमा सन्तोष नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरका छन् । अब मच्छिन्द्र क्लब फाइनलमा पुग्नका लागि नेपाल पुलिस क्लब र डिजोन्जी एफसी सिक्किम बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्