१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली


377
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताउनुभयो । उहाँले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रवल इच्छा र सक्रिय प्रयास रहेको बताउनुभयो । उहाँले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुभयो । गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुुन १४ देखि १६ गतेसम्म जारी रहनेछ ।